बुधबार, बैशाख १२, २०८१

मन्त्रालय बाँडफाँट टुँगो लगाउनको लागि सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं चैत ८,
सरकारको विस्तार एवम मन्त्रालय बाँडफाँट टुँगो लगाउनको लागि आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । लामो समयदेखि झण्डै डेढ दर्जन मन्त्रालय नेतृत्वविहीन    छन् ।

प्रधानमन्त्री प्रचण्डले चैत्र ६ गते संसदमा दोस्रो पटक विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने तयारी छ । प्रधानमन्त्री प्रचण्डले मन्त्रालय बाँडफाँटको प्रस्ताव गरिसकेका छन् ।

तर, दलहरुले केही बढि नै मन्त्रालयमा दाबी गरेको कारण सहमति हुन नसकेको बताईएको छ । यद्यपी आजको बैठकले मन्त्रालय बाँडफाँटको विषय टुँगो लगाउँदै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी प्रम प्रचण्डले गरेको निजि सचिवालयले जनाएको छ ।