शुक्रबार, चैत्र १६, २०८०

राहदानी प्रकरणमा रविलाई क्लिन चिट दिइएको भन्दै अख्तियारमा उजुरी

काठमाडौं चैत्र ७ ,
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सभापति लामिछानेलाई शक्तिका आडमा राहदानी मुद्दामा उन्मुक्ति दिइएको भन्दै अधिवक्ता युवराज पौडेल ‘सफल’ले उजुरी दर्ता गराएका हुन् ।

उनले जिल्ला प्रहरी परिसर काठमाडौँ, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायाधिवक्ताको कार्यालयका पदाधिकारी एवम् कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका छन् ।

यसवीचमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत पाउनु र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी विवादमा सफाई पाउनु आफैमा संयोग मात्र नभइ परिपुरक सम्बन्ध रहेको जिकिर सहित विभिन्न नियकामा उजुरी दर्ता भएको बुझिएकोछ ।

त्यसोत महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले रविको राहदानी प्रकरणमा राहदानी ऐन अनुसार मुद्दा चलाउनुपर्ने प्रमाण नदेखिएपछि मुद्दा नचलाउने निर्णय गरिएको बताए ।