शुक्रबार, चैत्र १६, २०८०

कृषिकार्यालय प्रमुख बस्नेतसहित नौ जनामाथि ६६ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं चैत्र ६,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको कृषि ज्ञान केन्द्र [हाल कृषि विकास कार्यालय] का तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेतसहित नौ जनामाथि ६६ लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।

आयोगका प्रवक्ता भोला दाहालले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा बस्नेतसहित खाँडाचक्र नगरपालिका, कालिकोटका तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी, सिँचाई तथा ऊर्जा विकास मन्त्रालयका तत्कालीन सब-इन्जिनियर गुरुराज संज्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको उल्लेख गरिएकोछ ।

त्यस्तै विज्ञप्तिमा सम्भाव्यता अध्ययनसमेत नगरी विद्युत आपूर्ति पनि हुन नसक्ने क्षेत्रमा हाइटेक नर्सरी सञ्चालन गर्न उपयुक्त भएको भन्दै सिफारिस गर्ने अधिकारी र मूल्याङ्कन छनौट समितिका पदाधिकारी समेतले आर्थिक अनियमितता गरेको अनुसन्धानको क्रममा खुलेको उल्लेख गरिएकोछ ।

त्यस्तै उच्च प्रविधियुक्त नर्सरीको स्थापना, सञ्चालन, विस्तार र सुदृढीकरण कार्यविधिको अध्ययन नगरी गलत प्रतिवेदन प्रस्तुत गरेको अनुसन्धानको क्रममा खुलेको उल्लेख गरिएको छ।

हरिप्रसाद पण्डित, श्रीधर अधिकार, दीपककुमार भण्डारी, हिरानन्द देवकोटा, अनुप तिवारी, पूर्णबहादुर थापा र होमनाथ दाहाल संगै  कृषि विकास सहकारी संस्था, कालिकोटका अध्यक्ष कमलबहादुर शाही र कोषाध्यक्ष सुरेन्द्रबहादुर शाहीले विद्युत् नै नभएको ठाउँमा विद्युत चाहिने आयोजनाको लागि अनुदान माग गरेको, ठूलो सङ्ख्यामा रोजगारी दिलाउने गलत आश्वासनको प्रस्ताव तयार गरेको उल्लेख गरिएकोछ छ।