शनिबार, बैशाख ८, २०८१

स्ववियु निर्वाचन:त्रिविकेन्द्रीय क्याम्पसमा नेविसंघका ओझा स्ववियु सभापतिमा निर्वाचित

पब्लिक युथमा पाण्डे र पद्मकन्यामा पनेरु विजयी

काठमाडौं चैत्र ६,
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियु सभापतिमा नेविसंघले जितेको छ। नेविसंघ उम्मेदवार श्यामराज ओझा स्ववियु सभापति निर्वाचित भएका हुन्। आइतबार भएको निर्वाचनमा ओझा ३३१ मतान्तरले विजयी भएका हुन्।

३४०४ जना मतदाता रहेकोकेन्द्रीय क्याम्पस ओझाले ९६२ मत प्राप्त गर्दैगर्दा उनका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टले ६३१ मत गरेका थिए ।

त्यस्तै पब्लिक युथ क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका नविन पाण्डे निर्वाचित भएका छन् । उनले अनेरास्ववियुका उम्मेदवार लक्ष्मण दुलाललाई पराजित गरेका हुन् ।

सचिवमा अनेरास्ववियुका निराजन कुमार शाही निर्वाचित भएका छन् भने कोषाध्यक्षमा अनेरास्ववियुकै प्रेमराज पनेरु निर्वाचित भएका छन्।  त्यस्तैकाठमाडौंको पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ [नेविसंघ] की ज्योति पनेरु विजयी भएकी छन् । यस्तै सचिवमा भुपेश्री ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन् ।