बिहिबार, चैत्र १५, २०८०

नेकपा एसको सचिवालय बैठक: प्रम प्रचण्डलाइ विश्वासको मत दिने निर्णयसंगै महासचिवको जिम्मेवारी भुसाललाई

काठमाडौं चैत ५,
नेकपा एकीकृत समाजवादी पार्टी नेपालको आइतबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको दिने निर्णय गरेको छ ।
एमाले र राप्रपाले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार संसदमा विश्वासको मत लिँन लागेको हो ।

शनिवार बसेको १० दलीय गठबन्धनले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको थियो । आज काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

यसैवीच सचिवालय बैठकले सचिवालय सदस्य घनश्याम भुसाललाई पार्टीको महासचिव बनाउने निर्णय गरेको छ ।पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले हाल कायम रहेको महासचिव डा। बेदुराम भुसाललाई उपाध्यक्षको जिम्मेवारी दिदै घनश्याम भुसाललाई बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।