मङ्लबार, बैशाख ४, २०८१

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको संभावना

 काठमाडौ चैत ५,
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको बढ्दो प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ।

त्यस्तै महाशाखाले रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको जानकारी समेत दिएको छ ।

त्यस्त्ै आइतबार पनि काठमाडौमा उपत्यकालगायतका देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भावका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएकेछ ।