मङ्लबार, चैत्र १४, २०७९

भारतबाट आयो पेट्रोलियम पदार्थको घट्दो मूल्यसूची

काठमाडौं चेत २,
भारतीय आयल कर्पोरेसनले नेपाललाइ पेट्रोलियम पदार्थको घट्दो मूल्यसूची सहितको सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले नेपाललाइ हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउने गरेको छ ।  नेपाल आयल निगमलाइ आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेर आएको छ ।

यसअघि नेपाली बजारमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ भने खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

यद्यपी आईओसीले पठाएको नयाँ मूल्य सूचीको सवालमा आयल निगम सञ्चालक समिति वा व्यवस्थापन समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने वा यथावत राख्ने भन्ने निर्णय लिने निगम स्रोतले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728