शुक्रबार, चैत्र १६, २०८०

उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने राप्रपाको निर्णय

 

काठमाडौ चैत १,
शुक्रवार हुने उपराष्ट्रपतिको निर्वाचनमा राप्रपाले तटस्थ बस्ने निर्णय गरेको छ । धुम्बाराहीमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बैठक पछि जारी विज्ञप्ति मार्फत जानकारी दिएको हो ।
राप्रपा यसअघि गत २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको थियो ।

त्यस्तै बैठकले किसानले पाउँदै रासायनिक मलमा अनुदान घटाउने र मूल्यवृद्धि गर्ने सरकारको निर्णयको प्रतिवाद गर्दै प्रस्तुत निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपुर्तिको व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

त्यस्तै चर्को बैंक ब्याजदर निण्यन्त्रण गर्दै देशमा वित्तीय सन्तुलन कायम राख्न र ब्याजदरकै विषयमा आन्दोलनरत व्यवसायीहरुको माग तत्काल सम्बोधनका लागि सरकारसंग माग समेत गरेको छ।