बिहिबार, चैत्र १५, २०८०

प्रमको सरकारी निवासमा सत्तारुढ गठबन्धन आवद्ध दश दलको बैठक जारी

काठमाडौ चैत १,
शुक्रवार हुने उपराष्ट्रपतिको निर्वाचन लक्षित हुँदै सत्तारुढ गठबन्धनमा रहेका १० दलका नेताहरुको बैठक प्रमको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । उपराष्ट्रपतिको बिषयमा साझा सहमति निकाल्नका लागि १० दलका नेतृत्व वीच विशेष छलफल हुन लागेको हो ।

आसन्न उपराष्ट्रपति निर्वाचनमा गठबन्धन आवद्ध जनमत पार्टी र जसपाबाटै दुई जना उम्मेदवार भएसँगै गठबन्धन दलहरु ऋायौलमा रुमलिएको हो । त्यसअर्थमा प्रस्तुत सम्स्याको समाधान पहिल्याउँन  बैकठले महत्वपूर्ण प्रयास गर्ने तयारी रहेको नेताहरको भनाइ रहेको छ ।

प्राप्त जानकारी अनुसार बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड,कांग्रेस सभापति शेरबहादुर देउवा,नकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह र राष्ट्रिय जनमोर्चालगायतका नेता सहभागी रहेको थाहा भएके छ ।