बुधबार, बैशाख १२, २०८१

काँग्रेस कार्य सम्पादन समिति बैठक: यादवलाई उपराष्ट्रपति पदमा मत दिने निर्णय

काठमाडौ चैत १,
नेपाली काँग्रेसको आज बसेको केन्द्रीय कार्य सम्पादन समितको बैठकले आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।  जसपाका उम्मेदवार यादवलाई बैठकले मत दिने निर्णय गरेको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

आसन्न निर्वाचनमा दश दलीय गठबन्धन आवद्ध जसपाबाट रामसहाय प्रसाद यादव र जनमत पार्टीबाट ममता झा चुनावी मैदानमा छन् । यसवीचमा जसपाकै अर्का उम्मेदवार प्रमिलाकुमारी यादवले भने उम्मेदवारी फिर्ता लिइसकेकी छिन । जनमत पार्टीबाट उम्मेदवार रहेकी ममता झा र जसपाको उम्मेदवार रामसहाय प्रसाद मध्ये यादवलाइ मत दिने निर्णय गरेको हो ।