बिहिबार, बैशाख ६, २०८१

चर्को ब्याजदर घटाउन पहल गर्ने प्रम प्रचण्डको आश्वासनसंगै व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं फागुन ३०,
चर्को ब्याजदरविरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति सम्वद्ध टोलीले आज प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार सङ्घ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता सङ्गठनमा आबद्ध व्यवसायीले आन्दोलनका कार्यक्रम अन्र्तगत नेपाल राष्ट्र बैंकमा धर्नामार्फत आन्दोलनको शुरुवात गरेको थियो ।

 प्रधानमन्त्रीसँगको भेटमा व्यवसायीले मोजुदा समस्याका विषयमा जानकारी गराउँदै गर्दा प्रम प्रचण्डले चर्को ब्याजदरको समस्यालाइ गम्भीरताका साथ लिदै ब्याजदर घटाउनका लागि सरकारले पहल गर्ने आश्वासन दिएपछि तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको व्यवसायी टोलीले जनाएको छ ।