बिहिबार, चैत्र १५, २०८०

आयोगको गठनसंगै कर्मचारी प्रशासनमा अनावश्यक संरचनाहरूको कटौती : प्रम प्रचण्ड

काठमाडौं फागुन ३०,
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक समीकरणमा फेरबदल भए पनि आफू नेतृत्वको सरकार तलमाथि नहुने बताएका छन् ।

प्रशासनिक क्षेत्रमा विद्यमान समस्या समाधानका निम्ति सरकारले गम्भीर रहेको जनाउ सहित उहाँले बदलिँदो परिस्थिति, लोकतान्त्रिक प्रणाली र जनअपेक्षा सम्बोधन गर्ने गरी प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने समेत बताउनुभयो ।

त्यस्तै उहाँले राजनीतिक समीकरणमा फेरबदल आएपनि हिजो निर्धारण गरेका प्राथमिकतामा कुनै फेरबदल नहुने जनाउ सहित आफ्नो काममा दत्तचित्त भएर लाग्न निर्देशन दिदै कर्मचारी प्रशासनमा विद्यमान ओभरस्टापिङ र डुल्बिलेकशनको संगै अनावश्यक संरचनाहरू कटौती गरेर कर्मचारी प्रशासनमा चाहिनेभन्दा बढी कर्मचारीको चापलाई कटौती गर्दै प्रशासनयन्त्र चुस्त बनाउनुको विकल्प नभएका कारण तत्काल आयोग गठन गरिने बताउनुभयो ।