शुक्रबार, चैत्र १६, २०८०

यूएईलाई पराजित गर्दै नेपालले जोगायो एकदिवसीय मान्यता

काठमाडौ फागुन २८,
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदै दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएई २२ ओभर ५ बलमा रन बनाउँदा ७१ रनमै अलआउट भएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन ,आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रनको योगदान गरेको हो ।

त्यस्तै आजको जितसँगै नेपालले दुई खेलअघि नै एकदिवसीय मान्यता जोगाएको छ । नेपाल ३४ खेलमा ३६ अङ्कसहित लिग–२ तालिकाको चौथौ स्थानमा उक्लिएको छ । एकदिवसीय मान्यता कायम गर्न तालिकाको शीर्ष पाँचमा अट्नुपर्ने हुन्छ । नेपालसँगको हारसँगै यूएईको एकदिवसीय मान्यता रेड जोनमा परेको छ ।