बिहिबार, चैत्र १५, २०८०

उपराष्ट्रपतिमा जसपाका रामसहायका उम्मेदवारी कायम

काठमाडौं फागुन २८,
आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि शनिवार  आफ्नो उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टी [जसपा] का नेता रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने भएको छ। निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको हो।

यसअघि शनिवार यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए। तर प्राप्त उजुरी उपर आवश्यक नितिगत निर्णय गर्दै सहायक निर्वाचन अधिकृत अमृता शर्मा पौडेलले यादवको उम्मेदवारी बदर नहुने निर्णय भएको जानकारी दिइन्।