शनिबार, बैशाख ८, २०८१

देशभरका १८ वटा क्याम्पसमा अनेरास्ववियू [क्रान्तिकारी] र पाँच क्याम्पसमा नेविसंघ निर्विरोध

काठमाडौं फागुन २८,
त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयमा चैत ५ गते हुने स्ववियू निर्वाचनका लागि शनिबार बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म विद्यार्थी सङ्गठनका तर्फबाट उम्मेदवारले मनोनयन पत्र दर्ताको क्रममा  देशभरका १८ वटा क्याम्पसमा अनेरास्ववियू [क्रान्तिकारी] निर्विरोध निर्वाचित भएका छन ।

त्यस्ते देशभरका विभिन्न पाँच क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघका स्ववियु सभापति निर्विरोध निर्वाचित भएको नेविसंघले जनाएको छ ।

नेविसंघका अनुसार पाँचथर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा मुना नेपाली, प्युठान क्याम्पसको स्ववियु सभापतिमा हिमाल केसी, सिन्धुली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कृष्ण लामिछाने, त्रिभुवन आदर्स क्याम्पसको स्ववियु सभापतिमा सविन रेग्मी र मालुङ्गा बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियु सभापति संजीवनी न्यौपाने निर्विरोध निर्वाचित भएको हो ।

त्यसैगरी विभिन्न १६ वटा क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्व निर्वाचित भएको बताइएको छ । स्ववियु निर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो समय तोकिएको त्रिविले जनाएको छ ।