बिहिबार, चैत्र १५, २०८०

मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि हुने मतदानको सम्पूर्ण तयारी पूरा

काठमाडौं फागुन २४,
निर्वाचन आयोगले मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको जानकारी दिदै मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।

त्यस्तै सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता मतदान गर्ने प्रस्तुत निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था अन्र्तगत सङ्घीय संसद् र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको आयोगले जनाएको छ ।

 प्रस्तुत निर्वाचनमा निर्वाचनमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको जनाउादे आयोगले सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिएको जानकारी दिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य शुरु गर्ने र बेलुकी ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको जानकारी समेत आयोगले दिएको छ। राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।