बिहिबार, बैशाख १३, २०८१

महिला सशक्तिकरणमा महिला र पुरुष दुवैको सक्रिय भूमिका आवश्यक :राष्ट्रपति भण्डारी

काठमाडौं फागुन २४,
११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तिकरण र सहभागिताका लागि महिला र पुरुष दुवैको समान र सक्रिय भूकिा आवश्यक रहेको बताएकी छन् ।

नेपालमा लैङ्गिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ मनाइदै गरेको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उहाँले महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङगिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिइन्छ । राष्ट्र, समाज र परिवारप्रतिको अधिकार एवं दायित्वलाई महिला र पुरुष दुवैमा बराबर वितरण हुने परिवेशको निर्माण गर्नु लैङ्गिक समानताको अभिप्राय भएको बताउनुभएकोछ ।

त्यस्तै शुभकामना सन्देश मार्फत महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको हुनाले महिला सशक्तीकरणका निम्ति दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेकोतर्फ म विशेष जोड दिन भन्दै दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्न हामी सबैमा थप उर्जा र उत्साह प्राप्त हुने विश्वास व्यक्त गरेकी छन् ।

साथै यस वर्षको राष्ट्रिय सङ्कल्पले एकातिर सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारबाट प्राप्त अवसरहरूमा महिलाको सहभागिता अभिवृद्धि गर्न जोड दिएको छ भने अर्कोतिर पछिल्लो समयमा बढ्दै गएको प्रविधिको दुरुपयोगबाट महिलाविरुद्ध हुने हिंसालाई नियन्त्रण गर्न समेत सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ” शुभकामना सन्देशमा उल्लेख गर्नुभउकोछ ।

महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धीहरू विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको उनको भनाइ छ । महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा तय गर्नुपर्ने लामो यात्रा अझै बाँकी रहेको उनले भनेकी छन् ।

महिलाको सहभागिता र प्रतिनिधित्व गर्न संविधानमार्फत हामीले व्यवस्था गरेका संरचनात्मक आधारहरूले सकारात्मक परिणाम ल्याउन थालेको पक्षलाई हृदयङ्गम गर्नु सान्दर्भिक हुन्छ भन्दै राष्ट्रपति भण्डारीले मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ हुँदैगएको छ । यसबाट नेपाली महिलाको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदैगएको जिकिर गर्नुभएको छ ।