बिहिबार, बैशाख १३, २०८१

आज ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं फागुन २४,
आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘लैङ्गिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

  सन् १९११ को मार्च १८ मा पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाइएकोमा सन् १९१७ देखि मार्च ८ को दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालिएको हो । संयुक्त राष्ट्र संघबाट ‘डिजिटल, इनोभेसन एन्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ नारा तय भएको छ ।

राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ ।

जसअनुसार पछिल्लो समय सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । यद्यपी महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्ने गरी विभिन्न ऐन कार्यान्वयनमा ल्याएपनि महिला र यौनहिंसाको अवस्थामा तात्विक फरक हुन नसक्नु आफैमा गम्भीर प्रसंग बनेको छ ।

 दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सन्देशमा महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङगिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिइन्छ । राष्ट्र, समाज र परिवारप्रतिको अधिकार एवं दायित्वलाई महिला र पुरुष दुवैमा बराबर वितरण हुने परिवेशको निर्माण गर्नु लैङ्गिक समानताको अभिप्राय हो” शुभकामना सन्देशमा भनिएको छ, “त्यसकारण महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको हुनाले महिला सशक्तीकरणका निम्ति दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेकोतर्फ म विशेष जोड दिनुभएको छ ।

त्यस्तै सन्देशमा उहााले दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्न हामी सबैमा थप उर्जा र उत्साह प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवस ९आठ मार्च० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ ।