शुक्रबार, बैशाख १४, २०८१

आज तराईका २१ जिल्लामा शुभकामना आदान प्रदान सहित होली पर्व मनाइँदै

काठमाडौं फागुन २३,
रंगहरुको पर्व होली आज तराईका जिल्लाहरुमा मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्परा अनुरुप तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, होली पर्व मनाउने गरिन्छ ।

सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा खराब प्रवृत्तिको अन्त्यका रुपमा लिई त्यसैको खुसियालीमा रंग र अवीर दलेर होली मनाउने परम्परा रहेको धार्मिक मान्यता छ ।

होली पर्व मनाउने तराईका तराईका २१ जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।