शुक्रबार, बैशाख ७, २०८१

शक्ति सन्तुलनको पर्याय होली पर्व सौम्य र सभ्य तरिकाले मनाउँ

शक्ति दम्भका कारण वरदान प्राप्तिका वाजुद पनि होलीका जस्तै भष्म हुन रत्तिपनि समय लाग्दैन

काठमाडौँ फागुन २२,
आज फागुन शुक्ल पूर्णिमाका दिन अर्थात वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा मनाइदैछ । हिमाली एवं पहाडी जिल्लामा आज हर्षोल्लासका साथ त्यस्तैगरि तराइमा विहिवार मनाइँने होलीपर्वको महत्वनै वेग्लै रहेको छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको पौराणिक कथा प्रसंगसंग जोडिएको होली पर्व मुलत शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको खुसीयालीमा मनाउँन शुरु गरिएको मानिन्छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । यद्यपी होलीलाइ मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्नुको मजानै वेग्लै रहिआएको छ ।

तर पर्वको नाममा रमाइलो भन्दै केहि समय यता बढ्दो विकृति अर्थात गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने रासायनिक पदार्थ मिसावट भएको रंग प्रयोग गर्ने जस्ता विसंगति प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले त्यस्तै कोहि कसैलाइ पनि इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको सर्वत्र महसुस गरिनु आफैमा पर्वको सकारात्मक पक्ष हो भन्ने हाम्रो बुझाइ रहेको छ ।

त्यस्तै पर्वका अवसरमा आज राजधानीको वसन्तपुरमा होलीपर्व आरम्भको सूचकका रुपमा उठाईएका चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउने परम्पराले पर्वको रौनकतामा थप मनोरञ्जन पूर्ण बनाएकोछ । त्यसअर्थमा पर्वलाइ पर्वको प्रारुपमा आपसी वैमन्स्यतालाई बिर्सेर एक अर्कासँग खुशी साटासाट गर्दै एकापसमा मिलेर सुख शान्तिको कामना गरी विकृति रहित ढंगले मनाउँनु भनेको हाम्रो कला संस्कृतिको संरक्षण समेत भएकोले वेलैमै सचेत हुन आवश्यक रहन्छ ।

साथै जानेर वा नजानेर किमार्थ असत्यको बाटो नअपनाउँदा सवैको कल्याण हुन्छ । शक्तिको आडमा दम्भ प्रस्तुत गर्दै मइले जे गर्दा हुन्छ भन्ने मनोभावबाट प्रेरित हुँदै यो वा त्यो नाममा आफ्नो शक्ति प्रदर्शन गर्ने हो भने ढिलो चाँडो जसरी होलीकाले कुर्कम र असत्यको पक्षपाती हुँदै शक्तिको दम्भ प्रस्तुत गर्दै प्रह्लादलाइ वोकेर दन्किरहेको आगोमा व्रम्हाबाट वरदान पाएको अवस्थामा पनि आफैँ भष्म भएझै भष्म हुन रत्तिपनि समय लाग्दैन । त्यसैले शक्ति सन्तुलनलाइ कायम राख्दै पर्वलाइ पर्वको रुपमा सौम्य र सभ्य तरिकाले मनाउँ होली पर्वको अवसरमा सवैमा हार्दिक शुभकामना‘———.

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728