शनिबार, बैशाख ८, २०८१

संक्रमणकालिन न्यायलाई निष्कर्षमा पुर्याउने सत्तारुढ नौ दलको प्रतिवद्धता

काठमाडौँ फागुन २२,
सत्तारुढ नौ दलको आइतवार साँझ बसेको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना अनुरूप तार्किक निष्कर्षमा पुर्याउFb} संक्रमणकालिन न्यायलाई निष्कर्षमा पुर्याउने प्रतिवद्धता प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नौ दलको बैठक पछि नौ दलका शीर्ष नेतृत्वको हस्ताक्षरमा जारी विज्ञप्तिमा द्वन्द्वकालिन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदातलको फैसला बमोजिम कानून बन्ने गरी संसदको यसै अधिवेशनमा प्रस्तुत गरिने प्रतिवद्धता व्यक्त गरिएकोछ ।

त्यस्तै विज्ञप्तिमा कानून निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गर्दै संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढता व्यक्त गरेको उल्लेख गरिएको छ।