बुधबार, बैशाख १२, २०८१

पराराष्ट्र नीतिमाथि आँच पुर्याउने एमाले अध्यक्ष ओलीको अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण : प्रवक्ता शर्मा

 काठमाडौं फागुन २१,

सरकारले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीको अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको बताएको छ। आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अध्यक्ष ओलीको भनाइप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो।

मुस्ताङमा विश्वविद्यालय बनाउने भारतको प्रस्तावलाइ प्रम प्रचण्डले स्वीकार गरेको भन्ने विषय दिएको अभिव्यक्ति केन्द्रीत हुँदै सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता शर्माले जारी गर्नुभएको विज्ञप्त्मिा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको र नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्नुभएको छ ।

त्यस्ते प्रवक्ता शर्माले पूर्व प्रधानमन्त्री समेत रहेका व्यक्तिबाट पराराष्ट्र नीतिमाथि आँच पुर्याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त नहुने भन्दै यस सम्बन्धमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो सोको अध्ययन र आवश्यक छानबिन गरी सत्य, तथ्य सार्वजनिक गर्ने व्यहोरा जानकारी गराउने जारी विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

साथै नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको भन्दै उहाँले भ्रमपूर्ण अभिव्यक्तिबाट भ्रमित नहुन सञ्चारमाध्यम र आम जनसमुदायलाई अपील गर्दै जारी विज्ञप्त्मिा मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवं स्वतन्त्र र सन्तुलित कूटनीतिका पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको उल्लेख गर्नुभएको छ।