शुक्रबार, बैशाख १४, २०८१

नारायणगढ-मुग्लिन सडक आइतबारदेखि खुला हुने

काठमाडौं फागुन २१,
नारायणगढ-मुग्लिन सडक खण्ड आइतबारदेखि खुला हुने भएको छ। यसअघि नारायणगढ-मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउनकालागि भित्तो काट्नका लागि दिउँसोको समयमा बन्द गरिँदै आएको थियो ।

नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले भित्तो काट्नका लागि पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको जानकारीदिदै अवको चरणमा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको जानकारीदिनुभयो ।

साथै उहाँले तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएकाले सवारी रोकेर भित्तो काट्ने काम आजदेखि बन्द गरिएको जानकारीदिनुभयो ।