शनिबार, बैशाख ८, २०८१

राष्ट्रपति निर्वाचन लक्षित हुँदै आठ दलले आफ्ना सांसदहरूलाई आज प्रशिक्षण दिदै

 काठमाडौं फागुन १८,
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएका ८ दलले आज आफ्ना संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्।

काठमाडौँको तीनकुनेस्थित रोयल व्याङ्क्वेटमा दिउँसो १ बजेदेखि हुने प् अभिमुखीकरण कार्यक्रममा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै उहाँले शीर्ष नेताहरूले सम्बोधन सहित हुने प्रशिक्षण कार्यक्रममा कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूको उपस्थित रहने जानकारी दिदै प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेसको संयोजन र व्यवस्थापन सञ्चालन हुने बताउनुभयो ।

राष्ट्रपतिको निर्वाचनमा ८ दलको तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार हुनुहुन्छ भने नेकपा एमालेबाट सुवासचन्द्र  नेम्वाङ उम्मेदवार रहेका छन्।