शुक्रबार, बैशाख १४, २०८१

एलपी ग्यासको मूल्यमा अत्यधिकवृद्धि ,प्रति प्रतिसिलिन्डर दुइहजार १४० पुग्यो

काठमाडौं फागुन १७,
इन्डियन आयल कर्पोरेसन आईओसींले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार आईओसीले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ २१ पैसा, डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ ५ पैसा, मट्टीतेलमा तीन रुपैयाँ ४० पैसा र हवाई इन्धनमा सात रुपैयाँ तीन पैसा घटाएर पठाए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको जनाएको छ ।

यद्यपी भारतबाट इन्धनको मूलय घटेर आए पनि निगमले स्थानीय बजारमा भने मूल्य यथावत राख्ने जनाक्एो छ । हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम रहेको छ भने एलपी ग्यासको मूल्यबढ्दो मूल्य अनुसार प्रतिसिलिन्डर दुइहजार १४० पुगेको छ ।