मङ्लबार, चैत्र १४, २०७९

लायन्स गर्ल्स फुट्सल टुर्नामेन्टको उपाधी माउन्ट ओलिभ स्कुललाइ

 काठमाडौं फागुन १६,
ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित लायन्स कप २०२३ गर्ल्स फुट्सल टुर्नामेन्ट (lions cup Girls Futsal tournament ) को उपाधी माउन्ट ओलिभ स्कुलले जितेको छ फागुन १२ गते देखि शुरु भएको प्रतियोगिता अन्तर्गत फागुन १५ गते भएको फाइनल खेलमा माउन्ट ओलिभ स्कुल ले महालक्ष्मी स्कुललाई पेनाल्टी सुटआउटमा २- १ ले पराजित गरेको हो ।  त्यसैगरी प्रतियोगितामा सिद्धिमङ्गल माविले तेस्रो स्थान र भानुदय स्कुलले चौथो स्थान प्राप्त गर्न सफल भए।

लायन्स क्लब अफ काठमाडौ रोयल फ्रेन्डसले आयोजना गरेको प्रतियोगितामा महालक्ष्मी नगरपालिकाका १३ वटा विद्यालय सहभागी थिए।सो प्रतियोगितामा पहिलो हुने माउन्ट ओलिभ लाइ नगद २५ हजार दोस्रो हुने महालक्ष्मी स्कुललाई १५ हजार र तेस्रो हुने सिद्धिमङ्गल बिधालयलाइ १० हजार नगद सहित कप ट्रफी मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो।प्रतियोगितामा ११ गोल गर्न सफल माउन्ट ओलिभकि सरु तामाङ सर्वाधिक गोलकर्ता र महालक्ष्मी विद्यालयकि मनिशा तामाङ उत्कृष्ट खेलाडी घोषित भए।

विजयी टिम र खेलाडीहरु लाई महालक्ष्मी नगरपालिका उप प्रमुख लक्ष्मी महर्जन लायन्स क्लब इन्टरनेशनल ३२५ का पास्ट डिस्ट्रीक गभर्नर अनुप कुमार पहारी डिस्ट्रीक ३२५ पि का चिफ एड्भाइजर दिनेश खरेल सिनियर डिस्ट्रीक एड्भाइजर ज्योती के सि लगायत लायन्स का पदाधिकारी ,अमर ज्योती रन्जित यदुराज लामिछाने ,दिपक थापा, पुरुषोत्तम बस्नेत लगायतले नगद ट्रफी मेडल र प्रमाणपत्र वितरण गरेका थिए।

लायन्स क्लब अफ काठमाडौ रोयल फ्रेन्डसका प्रेसिडेन्ट लायन दिप्रश शाक्यले छात्रा हरुलाइ प्राथमिकता र प्रोत्साहन दिनका लागि प्रतियोगिता आयोजना गरिएको बताए। छात्राहरुको क्षमता अभिवृद्धिका लागि लायन्स क्लब अफ काठमाडौ रोयल फ्रेन्डसले कार्यक्रम संयोजक श्रृस्टि बज्राचार्य अमर महर्जन अल फर बल लगायतको सक्रियतामा केही महिना अघि देखिनै महालक्ष्मी नगरपालिकामा विभिन्न सरकारी विद्यालयका छात्राहरुलाइ फुटबल, निशुल्क फुट्शल तालिम र ओरियन्टसन लगायतका कार्यक्रम हरु संचालन गर्दै आएको छ।छात्रा हरुको फुट्सल तालिमको लागि लेजेन्ड फुटसलले नि:शुल्क मैदान उपलब्ध गराएको थियो।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031