बिहिबार, बैशाख १३, २०८१

यस्तो छ मन्त्रिपरिषद् बैठकको ९ बुँदे निर्णय

काठमाडौं फागुन १६,
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको ९ बुँदे निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विभिन्न मितिमा नेपाल सरकार, मन्त्रिपरिषदबाट शहीद घोषणा भई नेपाल राजपत्रमा प्रकाशन हुन बाँकी रहेका शहीदहरूको नामावली गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

स्मरण रहोस सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई शहीद घोषणा गरेको थियो । उक्त घोषणा राजपत्रमा प्रकाशित नभएका कारण सार्वजनिक हुन सकेको थिएन । त्यसैलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो ।

 त्यस्तै बैठकले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली शुरु गर्ने निर्यायसंगै अर्थमन्त्रालयको प्रस्तावमा नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैङ्कबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता र विश्व बैंकबाटै प्राप्त हुने ३,।८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायतासम्बन्धी सम्झौतालाई पनि अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने उहाँले जानकारी दिनुभयो ।

यसैगरी, सञ्चारमन्त्री शर्माले पर्वतीय प्रशिक्षण विकास समिति ९गठन० पाँचौँ संशोधन० आदेश, २०७९ स्वीकृत गर्ने निर्णय, कतारको दोहामा सम्पन्न हुने अतिकम विकसित मुलुकहरूको पाँचौँ संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई फागुन १९ देखि २३ गतेसम्म भ्रमण स्वीकृत गर्ने निर्णयसंगै  एसियाली विकास बैङ्कको आयोजनामा फिलिपिन्समा फागुन २५ देखि २६ गतेसम्म आयोजना हुने मध्यकालीन समीक्षा कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तोयम रायालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031