मङ्लबार, बैशाख ११, २०८१

राष्ट्रपतिमा पौडेललाई भोट माग्दै कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाइ पठाए पत्र

 काठमाडौं फागुन १६,
आगामी फागुन २५ गते मुलुकको तेस्रो राष्ट्रपतिको निर्वाचनमा आठ दलीय गठबन्धनको साझा उम्मेदवार रहेका कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाइ मतदान गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा भोट मागेका छन् ।

काँग्रेस सभापति देउवाले ओलीसँग भोट मागेको पत्र नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर बुझाएको हो ।

 स्मरण रहोस, यसअघि एमाले अध्यक्ष ओलीले राष्ट्रपतिका लागि एमालेका उम्मेदवार नेता सुवासचन्द्र नेम्वाङलाइ मतदान गर्न काँग्रेस वाहेका सवै राजनैतिक दललाइ पत्राचार गर्दै भोट मागेका थिए ।

कांग्रेससहित ८ दलको समर्थनमा नेता रामचन्द्र पौडेललाइ मतदान गर्न सभावति देउवाले लेख्नु भएको पत्रमा ‘लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौं, यो अभ्यासले समाजलाई सुसंस्कृत सन्देश दिन सक्नुपर्छ त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु, राष्ट्रपति पदमा रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण सहित राष्ट्रपति निर्वाचनमा देउवाले रामचन्द्र पौडेल मतदान गर्न आग्रह गनुभएको व्यहोरा उल्लेख गरिएको छ।

्र