मङ्लबार, चैत्र १४, २०७९

यसरी मनाइयो नृत्य सांस्कृतिक कला केन्द्रको रजत वर्ष

काठमाडौ फागुन १५,
नृत्य सांस्कृतिक कला केन्द्रले आफ्नो स्थापनाकालको  २५ औ बार्षिक उत्सव अर्थात रजत वर्ष एक विशेष कार्यक्रमकावीच मनाएको छ ।

कार्यक्रममा पूर्व उप-प्रधानमन्त्री प्रकाश मान सिहले वरिष्ठ नृत्यगुरु भैरव बहादुर थापा र परम्परागत माग: भोटाहिटी त्वा:का दाफा गुरु सिंह वहादुर मुनिकारलाइ १५ हजार नगद राशी सहितको चाँदनी स्मृति पुरस्कार बाट सम्मानीत गर्नुभयो ।

त्यसैगरि कार्यक्रमा १० हजार नगद राशीको ई मोहन कृष्ण डंगोल स्मृति पुरस्कारबाट नवगायिका निभा डंगोलसंगै नृत्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहदै आउँनु भएका नृत्य निर्देशक संजय राजोपाध्याय ,पत्रकारिता क्षेत्रबाट नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झालाइ र सञ्चारमाध्यमतर्फ नेवा एचडि टेलिभिजनलाइ सम्मानित गरिएको थियो ।

त्यस्तै कार्यक्रममा संस्थाको तर्फबाट प्रशिक्षित उत्कृष्ट प्रशिक्षार्थी मध्ये उद्घोषण विधातर्फ राजु नापितलाइ २ तोला चाँदीको रमिना स्मृति पदकबाट पुरस्कृत गरिएको थियो भने  नृत्यविधातर्फ   क्रमस रजिना नापित ,राजन महर्जन,नेन्सी महर्जन, गोविन्द प्रजापति र उर्मिला श्रेष्ठ समेतलाइ उत्कृष्ट प्रशिक्षर्थी सम्मान प्रदान गरिएको थियो ।

 त्यस अवसरमा पूर्व उपप्रधानमन्त्री सिंहले स्थानीय देखि राष्ट्रिय र अन्र्तराष्ट्रिय जगतमा समेत मुलुकको कला, सस्कृति , खेलकुद जगतले नयाँ राष्ट्रिय आयाम कोर्दै आएको बताउनुभयो ।  साथै उहाँले चर्का आवाजमा ठूलठूला भाषण गर्दैमा मुलुकको व्यवस्थापकिय पक्षमा परिवर्तन नहुने भन्दै यसको लागि लगन धैर्यतासंगै समय लाग्ने बताउनुभयो । त्यस्तै पूराना दलबाट परिवर्तन हुँदैन भन्दै पछिल्लो समय नयाँ दलतर्फ बढ्दो आकर्षण अनेकन कोणबाट छताछुल्लल भएकाले सबै नयाँ कुरा राम्रा नहुने तर्फ सचेत हुन समेत आग्रह गर्नुभएको ।

साथै उहाँले नृत्य सांस्कृतिक कला केन्द्रको रजत जयन्ती स्मारिका समेत लोकापर्ण गर्नुभएको उक्त कार्यक्रममा नेपाली सिने जगतकी प्रख्यात हास्य अभिनेत्री वसुन्धरा भुसाल, रास्वपाका नेता एवम् काठमाडौं निर्वाचन क्षेत्र न ८का सांसद विराजभक्त श्रेष्ठ लगायतले वोल्नुभएको थियो । कार्यक्रमा विभिन्न सास्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031