बिहिबार, बैशाख ६, २०८१

लामिछानेलाई सर्वोच्चले दियो विदेश जानका लागि अनुमति

काठमाडौ फागुन १५,
क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले थुनामा राख्नु नपर्ने र विदेश जानका लागि पनि अनुमति दिएको छ।  न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालले लामिछानेलाई थुनामा राख्नु नपर्ने र विदेश जानका लागि पनि अनुमति दिएको आदेश दिएको छ।

लामिछाने मुद्धाको आइतवारनै अन्तिम सुनवाइ भएपनि वशस पैरवी नसकिएका कारण हेर्दाहेर्दैमा राख्दै आज थप सुनुवाई गरेको हो ।

यूएईमा हुने खेलमा सहभागी हुन लामिछानेले अनुमतिका लागि दिइएको निवेदन र महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई यूएईमा हुने खेलमा सहभागी हुन जान अनुमति मागिएको निवेदन र उनलाई धरौटीमा रिहा गर्ने निर्णय बदर गर्न माग गर्दै दायर गरेको निवेदन उपर वहस पैरवी भएको हो