मङ्लबार, चैत्र १४, २०७९

गद्दीबैठक पटाङ्गनीमा चिर ठड्याइएसँगै फागुपर्व शुरु

 काठमाडौ फागुन १५,
वसन्तपुर कुमारीघर परिसरमा भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुहेश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई आज बिहान विशेष पूजा गरी विधिपूर्वक आज चिर ठड्याइएसँगै वर्ष ०७९ को होलीपर्व विधिवत सुभारम्भ भएको छ । बिहानको ७ बजेर ४५ मिनेटको शुभ साइतमा राजधानीको बसन्तपुर दक्षिण तर्फ रहेको गद्दीबैठक पटाङ्गनीमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चिर उठाइएको हो ।

यसवर्ष फागुन महिनाको पूर्णिमाको दिन मनाइने होली पर्व फागुन २२ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा र २३ गते तराईका विभिन्न जिल्लामा मनाइँदै छ ।

धार्मिक आख्यान अनुसार हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई हत्या गर्ने उद्देश्यले होलिका आगोमा जाँदा होलिकाको दहन भई प्रह्लाद बाँचेको पौराणिक कथा सन्दर्भलाई लिएर होली मनाइने गरिन्छ । काठमाडौँ लगायतका पहाडी भेगमा फागु पूर्णिमाका दिन होली खेलिन्छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031