बुधबार, बैशाख १२, २०८१

एमालेका मन्त्रीहरूले दिए सामुहिक राजीनामा

काठमाडौ फागुन १५,
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई सामुहिक राजीनामा बुझाएका छन् । एमाले सचिवालय बैठकको निर्णयअनुसार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै एमालेका मन्त्रीहरु प्रधानमन्त्रीलाई राजीनामा बुझाएको हो ।

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्री सहभागी थिए । पौडेल पुस ११ मा नियुक्त भएका थिए भने अन्य मन्त्रीहरुले माघ पहिलो साता शपथ लिएका थिए ।

राष्ट्रपति चुनावका कारण बदलिएको सत्ता समीकरणसंगै यसअघि राप्रपाले पनि सरकारलाइ दिदै आएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको छ भने भएमाले पनि समर्थन फिर्ता लिदै सरकारबाट वाहिरिउको हो । तर रास्वपाले भने सरकारलाइ दिदै आएको समर्थन कायम राख्दै यसअघिनै सरकारबाट बाहिरिसकेको छ ।