बिहिबार, बैशाख १३, २०८१

एमालेको सचिवालय बैठक:पार्टीको समर्थन फिर्ता गर्दै सरकारबाट वाहिरिने निर्णय

काठमाडौ फागुन १५,

आज बसेको सत्ता साझेदार दल नेकपा एमालेको सचिवालय बैठकले राष्ट्रपति चुनावका कारण बदलिएको सत्ता समीकरणसंगै प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा वर्तमान सरकारलाइ नेकपा एमालेले दिदै आएको समर्थन फिर्ता गर्दै सरकाबाट वाहिरिने र पार्टीको तर्फबाट सहभागी मन्त्रीहरुले राजिनामा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वको सरकारमा नेकपा एमालेको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती सहभागी हुनुहुन्थ्यो ।

यसअघि सत्ता समीकरण फेरिएपनि पर्ख र हेरको निति अख्तियार गर्दै राष्ट्रपति चुनाव पछि नितिगत निर्णय गर्ने तयारीमा रहेको एमालेले  आइतवार प्रधानमन्त्री प्रचण्डले मानवअधिकार परिषद्को ५०औँ सत्रमा भाग लिन जान लाग्नु भएका परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रोकेपछि आक्रोशित भएको हो ।