मङ्लबार, चैत्र १४, २०७९

महाशिवरात्री पर्व लक्षित हुँदै पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सञ्चालन

काठमाडौं फागुन २,

आगामी ६ गते शनिवार मनाइले महाशिवरात्री पर्व लक्षित हुँदै पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ ।  विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रान विशेष सफाइ अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाएर धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्नसके राष्ट्रिय अर्थतन्त्रको वृद्धिमा समेत सहयोग हुने अभिव्यक्ति सहित सफाइ अभियान शुभारम्भ गर्न भएको थियो ।

त्यस्तै पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री किराँतीले कोषका उच्च अधिकारीसंगै महाशिवरात्री तयारीका लागि मूल समारोह समितिअन्तर्गत गठन भएका सबै उपसमितिलाई पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ राख्न निर्देशन समेत दिनुभयो ।

सफाइ सफाइ अभियान कार्यक्रममा कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, भक्तजन, स्थानीय सङ्घसंस्था लगायतको सहभागिता रहेको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031