शुक्रबार, बैशाख १४, २०८१

सवारीचालक अनुमति पत्रको ट्रायल परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं माघ २९,

आउँदो फागुन २ गतेदेखि बागमती प्रदेशभरमा सवारीचालक अनुमति पत्रको ट्रायल अथवा परीक्षणमा ७० अंक ल्याए पास हुन प्रणाली लागू हुने भएको छ। फागुन २ गतेदेखि नयाँ पुराना सबै ट्रायलका लागि यहीँ प्रणाली लागू हुने भएको बागमती प्रदेशको यातायात मन्त्रालयले जनाएको छ।

बागमती प्रदेश अन्तगर्तको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सुचना अधिकारी देवराज चौलागाईँले प्रदेशका सबै ठाउँमा यो प्रणाली लागू हुने जानकारी दिदै सबै यातायात कार्यालयहरुलाई पत्र पठाइ सकिएको जनाउ सहित यस प्रणाली अन्तर्गत अंक दिने प्रक्रियालाई सात चरणमा विभाजन गरिएको जानकारी दिएका छन ।