शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता खारेजीको माग गर्दै आयोगमा उजुरी

काठमाडौ माघ १८,
निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीका माग गर्दै उजुरी परेको छ ।

 युवराज पौडेल सफलले रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएको उल्लेख गर्दै स्वतन्त्र पार्टी नै खारेजीको माग गर्दै निवेदन दर्ता गराएको हो ।

 गत साता सर्वोच्च अदालतले नेपाली नागरिकता नलिइकन प्रतिनिधि सभा निर्वाचनमा भाग लिएको भन्दै उनको उपप्रधान तथा सांसद पद खारेज गरिदिए पछि लामिछाने दुवै पदवाट मुक्त भएका थिए ।  दोहोरो राहदानीमा छानबिन गर्नका लागि जिल्ला प्रहरी कार्यालयमा हिजो उजुरी दिएका पौडेल आज निर्वाचन आयोग पुगेर उजुरी दर्ता गराएको हो