मङ्लबार, चैत्र १४, २०७९

प्रमुख प्रशासकीय अधिकृत उपाध्याय सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बयान फेरेको भन्दै सरकारी साक्षीविरुद्ध मुद्दा

काठमाडौ माघ १८,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरि आर्थिक अनियमितता गरेको अभियोगमा
प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार गाउँपालिकाको वडा नम्बर ६ सोरुकोटस्थित खौलाचौर फिल्ड निर्माण योजनामा अधिकृत उपाध्यायसहित सवइन्जिनियर मनोज धामी र जगत बहादुर मल्लले गलत नापी किताब तयार गरी सो नापी किताब स्वीकृत एवम् फिल्डमा नभएको र नगरेको कामको मूल्याङ्कनसहित उपभोक्ता समितिलाई १५ लाख ४४ हजार ९ सय ३० रुपैयाँ भुक्तानी गरेको जनाएके छ ।

यसैगरी सोही फिल्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रतन बहादुर शाही, सचिव धर्म बहादुर मल्ल र कोषाध्यक्ष धनदेवि छत्यालले गाउँपालिकासँग गरेको सम्झौता विपरीत फिल्डमा नभएको कार्यसमेत नापी किताबमा चढाएको र तत्कालीन वडा अध्यक्ष मन प्रसाद भट्टले फिल्डमा हुँदै नभएको काम पनि कार्य सम्पन्न भएको भनी भुक्तानी गरिदिनको लागी सिफारिस गरेको आरोपमा निजहरुविरुद्ध पनि बिगो रु पन्ध्र लाख ४४ हजार नौ सय तीस रुपैयाँ छत्तीस पैसा मागदावी सहित मुद्धा दायर गरेको जनाएको छ।

यसैवीच सरकारी साक्षी बनेर अदालतमा बयान फेरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भावना महतविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत लेखा पनेरु महतले डेढ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले विशेष अदालतमा भष्ट्राचार मुद्दा दर्ता गरेको थियो। तर, भावनाले विशेष अदालत, काठमाडौंसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुनेगरी बकपत्र गरेको पुष्टि हुन आएको भन्दै आयोगले डेढ लाख रुपैयाँ बिगो कायम गरेर मुद्दा दर्ता गरेको हो।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031