मङ्लबार, चैत्र १४, २०७९

आयोडिनयूक्त नूनको प्रवर्द्धनका लागि आजबाट आयोडिन मन्थ मनाइदैँ

काठमाडौँ माघ १८,
सरकारले आयोडिनको महत्वबारे जनचेतना जगाउन फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ का रुपमा मनाउने भएको छ। युनिभर्सल साल्ट आयोडाइजेसन [युएसआई] को सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने गरिन्छ।

मुलत गलगाडको समस्याको निवारणको लागि प्रयोगमा ल्याईएको आयोडिनयूक्त नूनको विक्रि वितरणको राज्यको तर्फबाट प्राप्त जिम्मेवारी साल्ट ट्रेडिङले विगत ५९ वष यतादेखि प्रभावकारी रुपमा निर्वाह गर्दै दुई बालबालिका चिन्ह अंकित आयोडिनयसक्त पाकेट नून सुलभ मूल्यमा बिक्री बितरण गर्दै आएको छ।

सह शताब्दी विकास लक्ष अनुरूप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या १० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको ल्ल्ःक् सर्वे अनुसार ९१.० प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गर्ने गरेको पाईएको छ भने सन २०१६ मा नेपाल सरकारले गरेको NDHS सर्वे अनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका वालवालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गर्ने गरेको पाईएको छ ।

आयोडिनको कमीले हुने विकृतिसम्बन्धी जनचेतना जगाउन साल्ट ट्रेडिङ्ग कर्पोरेसनले विभिन्न कार्यक्रम गर्दै फेब्रुअरी महिनलाई आयोडिन महिना मनाउने क्रममा कर्पोरेसनले आयोडिनको कमीबाट शरीरमा हुने कमजोरीबारे जनचेतना जगाउन विभिन्न कार्यक्रम तय भएको जनाएको छ।

कर्पोरेसनले जनस्वास्थ्यसँग सम्बन्धित निकायहरुका साथै, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायसँग समन्वय गरी आयोडिन मन्थमा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टी-सर्ट तथा पम्पलेट जस्ता सामग्री बितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाईने छ र उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम संचालन हुने साल्ट ट्रेडिङले जनाएको छ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031