मङ्लबार, बैशाख ४, २०८१

महानगर वडा न.१७ मा एकीकृत डिजिटल सेवाको शुभारम्भ

काठमाडौँ माघ १८,
काठमाडौँ महानगरपालिकाको वडा नं. १७ बाट नागरिक विद्युतीय सुशासन सेवाअन्तर्गत एकीकृत प्रणाली प्रारम्भ भएको छ । वडाध्यक्ष एवं महानगरका प्रवक्ता नविन मानन्धरले डिजिटल सिग्नेचरको टोकन प्रयोग गर्दै सेवा शुभारम्भ गर्नुभएको हो ।

सेवा थालनी गर्दै प्रवक्ता मानन्धरले वडा कार्यालय महानगरका होइनन्, यी जनताका कार्यालय हुन् । यहाँबाट प्रवाह हुने सेवालाई जनताले आफ्नै हो भनेर महसुस गराउन लागि यस किसिमको सेवाको आरम्भ गरिएको जानकारी दिदै प्रारम्भमा परम्परागत प्रणाली र प्रविधिलाई सँगै सञ्चालन गरिनेछ । जुन दिनबाट पूर्ण रुपमा विद्युतीय सेवा सञ्चालन गर्न सकिन्छ त्यो दिनबाट कागजको प्रयोग बन्द हुने बताउनभयो । वडा तहबाट प्रवाह गर्नु पर्ने ८८ प्रकारका सेवामध्ये ४५ प्रकारका शिफारिस सेवालाई प्रणालीमा प्रविष्ट गराइसकिएको छ ।

त्यस्तै सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल भन्नुहुन्छ, ‘नयाँ प्रणाली भएकोले जनप्रतिनिधिहरुलाई प्रणाली सञ्चालन गर्न सहयोग र कर्मचारीलाई क्षमता विकास गर्नु पर्ने अवस्था छ । यो खाँचो पूरा गर्न परामर्शदाताबाट सहयोग लिएका हौँ ।’ वडाले नियुक्त गर्ने परामर्शदाता वडाध्यक्षले शिफारिस गर्नुभएको ढकालले जानकारी दिनुभयो ।
त्यस्तै प्रणालीमा इ—शिफारिस, दर्ता चलानी सेवा छन् । सेवाग्राहीले काठमाडौँ महानगरपालिकाको मोवाइल एप्लिकेसन केएमसी एपबाट आफ्ना विवरण भरेपछि ती तथ्याङ्क तथा सूचना वडा सचिवकोमा पुग्छन् । त्यहाँबाट प्रक्रिया सुरु हुन्छ । यसको प्रमाणीकरणका लागि वडा सचिवहरुलाई डिजिटल हस्ताक्षर टोकन दिइसकिएको छ । प्राप्त गर्ने, त्यसलाई ग्रहण तथा प्रक्रियामा लैजाने तथा प्रमाणीकरण गर्ने विधिका विषयमा सैद्धान्तिक र प्रयोगात्मक जानकारी दिइएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031