शुक्रबार, बैशाख ७, २०८१

औषधि वजारको प्रभावकारी अनुमगनको लागि विभाग नेतृत्वलाइ मन्त्री गिरीको कडा निर्देशन

 काठमाडौं माघ १७,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले औषधिबजारको निमयक निकाय औषधि व्यवस्था विभागको निरीक्षणको क्रममा छ्यापछ्याप्ती गुणस्तरहीन औषधि बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा अनुगमन बढाउन विभाग नेतृतवलाइ कडा निर्देशन दिनुभएको छ ।

अनुगमन गर्ने जनशक्ति छैनन् भनेर जनताको स्वास्थ्यमा खेलबाड गर्ने छुट विभागलाई किमार्थ नभएको जनाउ सहित सिघ्रातिसिघ्र प्रभावकारी कार्ययोजना बनाएर जनताले अनुभूत गर्न सक्ने परिणाम मुखी काम गर्न निर्देशन दिदै मन्त्री गिरीले नियमनको पक्षलाइ प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिदै यसको लागि मन्त्रालयले सक्दो सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै उहाँले औषधिमा आत्मनिर्भर बन्ने योजनाको कार्यान्वयनसंगै देशैभरका फार्मेसीको अनुगमन गर्न सातै प्रदेशमा औषधि विभागका कार्यालय स्थापनासंगै अनलाइन नविकरण गर्नुपर्नेमा जोड दिदै मन्त्री गिरीले विभागलाई चाँडो भन्दा चाँडो कार्ययोजना बनाएर मन्त्रालयमा पेश गर्न समेत निर्देशन दिनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031