मङ्लबार, चैत्र १४, २०७९

रवि लामिछानेले पाए नेपाली नागरिकता

काठमाडौं माघ १५,
रवि लामिछानेले नेपाली नागरिकता लिनुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।

सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद बदर गरेसंगै उहाँले नागरिकता पुनः प्राप्तिका लागि निवेदन दर्ता गर्दै दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिनुभएको काठमाडौं जिप्रकाले जनाएको छ।

स्मरण रहोस,  २०५० सालमै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका लामछिानेले अमेरिका गएपछि उतैको नागरिकता लिएर बसेका थिए । पछि अमेरिकाको नागरिकता त्यागेको भए पनि प्रक्रिया पुर्याएर फेरि नेपाली नागरिकता नलिएका कारण गत शुक्रबार सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्री, सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका थिए ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031