मङ्लबार, चैत्र १४, २०७९

चितवन निर्वाचन क्षेत्र नं २ मा उपनिर्वाचन हुँने

 काठमाडौ माघ १४,
चितवन निर्वाचन क्षेत्र नं २ मा उपनिर्वाचन हुन भएको छ। चितवन निर्वाचन क्षेत्र नं २ बाट संघीय संसद सदस्यमा निर्वाचित रास्वपाका अध्यक्ष समेत रहेका रवि लामिछाने नागरिकता प्रकरण मुद्धामा दोषि ठहर हुँदै पार्टी अध्यक्ष र संसद सदस्यको पद समेत गएपछि सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको हो । वागमती प्रदेश अन्र्तगतको चितवन निर्वाचन क्षेत्र नं २ मा कुल मतदाता १ लाख २४ हजार २१५ रहेका छन ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रास्वपाका अध्यक्ष रवि लामिछानेको सांसद पद गएपछि सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको हो । शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिता प्रकरण मुद्धामा नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेको सांसद पद नरहने फैसला गरेको हो ।

त्यस्तै उपनिर्वाचनका लागि निर्वाचन आयोगको सिफारिसमा सरकारले मिति तोकेसंगै चितवन निर्वाचन क्षेत्र नं २ मा उपनिर्वाचन हुनेछ। स्मरण रहोस, गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा लामिछानेले चितवन निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका उम्मेदवार उमेस श्रेष्ठलाइ भारी मतान्तरमा पराजित गर्दै संघीय संसद सदस्यमा निर्वाचित भएका थिए ।   

यसैवीच रास्वपा पार्टी सम्वद्ध उच्च स्रोतले लामछिानेले नै नेपाली नागरिकता प्राप्ति गर्दै पुन चितवन निर्वाचन क्षेत्र नं २बाट उम्मेदवारी दिने प्रक्रियागत तयारी समेत भएको जनाउँदै गर्दा निवर्तमान उपप्रधान तथा गृहमन्त्री लामिछानेले कानूनको उल्लङ्घन गरेको देखिने हुँदा उनिमाथी कानूनी कारवाहीको लागि संबैधानिक अदालतले ढोका खोलेका कारण मुलुककको प्रचलित कानून बमोजिम सजाय पाएमा यस्ता ब्यक्तिले आजन्म चुनावमा भाग लिन नपाउने कानुका ज्ञाताहरु बताउँछन ।  

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031