शुक्रबार, चैत्र १६, २०८०

क्रोएसिया पठाईदिन्छु भन्दै ८ लाख ठगी गर्ने बस्नेत पक्राउ

काठमाडौं माघ ११ ,
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्रोएसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका९ ९ घर भएका २९ वर्षीय साहिल बस्नेतलाई सोमबार पक्राउ गरेको छ ।

बस्नेतले वैदेशिक रोजगारीमा क्रोएसियाको प्रतिष्ठित कम्पनीमा मासिक १ लाख भन्दा बढी कमाई हुने गरी फुडप्याकिङको काम लागइदिने र त्यसको लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरुबाट उक्त रकम ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्रको आधारमा उनलाई प्रहरीले सिनामंगलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बस्नेत उपर थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीले वनाएके छ ।