काठमाडौं माघ ८,
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वर्ष २०८० को पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा समितिको स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति जारी गर्दै प्रकाशित गरी सबै प्रकारका पात्रो र भित्तेपात्रो प्रकाशन गर्नुपूर्व स्वीकृतिका लागि निवेदन दिन अनुरोध गर्दै मोफसलको हकमा भने स्वीकृतिका लागि अनलाइनबाट नै स्वीकृतिको निवेदन दिन सकिने जनाएको छ । यस्ता पात्रो र भित्तेपात्रोलाई अनलाइनबाट नै स्वीकृति दिने व्यवस्था समितिले मिलाएको छ ।
त्यस्तै प्रकाशित गरिने पात्रो र भित्तेपात्रोको सिरानमा समितिबाट स्वीकृत प्राप्त र समितिको चलानी नं समेत उल्लेख गर्न पनि समितिले सरोकार भएका सबैको ध्यानाकर्षण सहित अनुगनको क्रममा विना स्वीकृति प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कानूनबमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ ।