बुधबार, बैशाख १२, २०८१

कांग्रेसले सभामुख उम्मेदवारीको निर्णय संसदीय दल बैठकले गर्ने

काठमाडौं माघ ४,
नेपाली काँग्रेसले प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी दिने निर्णय संसदीय दल कार्यसमितिको बैठकबाट गर्ने भएको छ ।

पार्टी सभापति एवं पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी बैठकले सभामुख पदमा अन्य दलसँग पनि सल्लाह गरेर उम्मेद्वारी दिने निर्णय गरेको हो ।

सभामुखको उम्मेदवारी तय गर्न गर्न काँग्रेस संसदीय दलको बैठक दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ । कांग्रेस पदाधिकारी बैठकअघि पाटस्ै सभापति देउवाले नेकपा एस र जसपाको नेतृतवसंग विशेष भेटवार्ता गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ ।