बिहिबार, बैशाख १३, २०८१

विमान दुर्घटना: शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने भूकम्प सुरक्षा दिवसका सबै कार्यक्रम स्थगित

काठमाडौं माघ १,
काठमाडौंबाट आज बिहान १०: ३२ बजे ६८ यात्रु र चार चालक दलका सदस्यसहित पोखरा उडेको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै शोकको घडीमा भोलि सरकारले शोक विदा सहित राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय भएको  गृह मन्त्रालयले जनाएको छ।

मन्त्रलयले जारी गरेको विज्ञप्तिमा विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको
उल्लेख गरिएको छ ।

त्यस्ते विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले सामेवार मनाउन लागेको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका कार्यक्रम समेत स्थगित गरिएको मन्त्रालयले जनाएको छ।