बिहिबार, बैशाख ६, २०८१

पोखरा विमान दुर्घटना: चिकित्सक दम्पति सहित ६८ जना यात्रुको निधन

 काठमाडौं माघ १,
काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा सवार यात्रु मध्ये दुई जना चिकित्सक सहित ६८ जना यात्रुको निधन भएको छ।

प्राप्त जानकारी अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३३ बर्षीय अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा.सोना दिवाकर रहेका छन ।

ट्रमा सेन्टर समवद्ध स्रोतका अनुसार चिकित्सक दम्पति सँगै १० महिनाको बच्चा समेत रहेको बुझिएको छ । फोटो: डा .सुशील श्रेष्ठको facebookपेज