बुधबार, बैशाख १२, २०८१

म.प. बैठक: सोमवार शोक बिदा, पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन

काठमाडौं माघ १,
प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यति एयरलाइन्स विमान दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा चालक दलका ४ सदस्य र बाँकी ६८ यात्रु मध्ये १० विदेश र ५८ नेपाली यात्रुको निधन भएकोमा शोक बिदा दिने निर्णय गरेको हो ।

चालक दलका ४ सदस्य र बाँकी ६८ यात्रु मध्ये १० विदेश र ५८ नेपाली यात्रुको निधन ४ सदस्य र ६८ यात्रु मध्ये १० विदेश र ५८ नेपाली यात्रुको निधन भएकोमा दिवंगतहरूप्रति श्रद्धाञ्जलि र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै मन्त्रिपरिषद् बैठकले सोमवार शोक बिदा दिने निर्णय गरेको हो ।

सकारका प्रवक्ता एवम् उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले बैठक पछि बैठकले गरेको निर्णयबारे जानकारी दिदै सरकारले घटनाको कारण जाँच गर्नका लागि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा आयोगमा सदस्यहरु हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा र सदस्य सचिव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव बुद्धिसागर लामिछाने सहितको ५ सदस्यीय सदस्यीय जाँच आयोग गठन गरेको बताउनुभयो ।

त्यस्तै बैठकले घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णयसंगै सरकारले आगामी दिनमा यसकिसिमका दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायुसेवा कम्पनीहरुलाई निर्देशन समेत दिएको छ।