शुक्रबार, चैत्र १६, २०८०

मन्त्रिपरिषद् विस्तारमा नितिगत सहमतिका लागि सत्ता साझेदार दलको बैठकसंगै मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं पुस २८, 

आज अपरान्ह सत्ता साझेदार दलको बैठक बस्दैछ । मन्त्रिपरिषद् विस्तारलगायत समसामायिक विषय केन्द्रीत हुने बताइएको सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालय स्रोतका अनुसार आजको बैठकमा मुलत मन्त्रिपरिषद्को विस्तार, सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमाथि छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।

यसैबीच, आजै मन्त्रिपरिषद्को नियमित बैठक पनि राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्नेछ । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गर्छ ।