शुक्रबार, बैशाख १४, २०८१

सात प्रदेशका मुख्यमन्त्रीमध्ये कुन प्रदेशमा कसको नेतृत्व ?

काठमाडौं पुस २८,
गत मंसिर ४ गते सम्पन्न् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि  मुलुकको  सात वटै प्रदेशमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका छन ।

नेकपा एमाले सहितको सत्ता गठबन्धनको बैठकले प्रदेश नेतृत्वको सवालमा गरेको भागबन्डा सहमति अनुरुप प्रदेश १ एमालेको नेतृत्व अर्थात हिक्कमत कार्की मुख्यमन्त्री नियुक्त भएका छन भने मधेस प्रदेशमा आलोपालो अन्र्तगत पहिलो कार्यकाल जसपाले त्यसपछिको दोस्रो कार्यकाल जनमत पार्टीले चलाउने सहमति अनुसार जसपाका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएको हो ।

त्यस्तै वाग्मती प्रदेशमा पनि आलोपालो अन्र्तगत पहिलो कार्यकाल माओवादी नेतृत्व अर्थात मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेललाई नियुक्त हुँदै गर्दा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारीलाइ नियुक्त गर्नुभएकोछ ।

सात प्रदेश मध्ये ४ प्रदेशमा एमालेको नेतृत्व पाएका छन भने मधेस प्रदेशमा जसपा र वाग्मती प्रदेश र कर्णाली प्रदेशमा माओवादीको नेतृत्व

त्यस्तै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले एमालेसहित सात राजनीतिक दल र दुई स्वतन्त्र सांसदसहित ५८ जनाको समर्थनमा एमाले संसदीय दलका नेता लिला गिरीलाइ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

त्यस्तै कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले प्रदेश मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाइ नियुक्त गर्दैगर्दा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका १०, माओवादीका ११ र नागरिक उन्मुक्तिका ७ सांसदको समर्थनमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन ।

सात प्रदेश मध्ये ४ प्रदेश क्रमस प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशमा नेकपा एमालेले नेतृत्व पाएका छन भने मधेस प्रदेशमा जसपाले, वाग्मती प्रदेश र कर्णाली प्रदेशमा माओवादीले नेतृत्व पाएका छन ।